बिहीबार, जेठ २, २०८२

श्रीलंकाद्वारा विद्युत् महसुल बढेसँगै दैनिक विद्युत् कटौती स्थगित

नेपालखोज २०७९ फागुन ५ गते ७:०९

श्रीलंका । श्रीलंकाले बिहीबार दैनिक विद्युत् कटौती स्थगित गर्ने निर्णय गरेको छ । विद्युत् महसुलमा ६६ प्रतिशत वृद्धि भएसँगै कटौती स्थगित भएको हो । विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेखेराले नियामक निकायबाट स्वीकृत भएकाले नयाँ महसुल लागू भएको बताए ।

श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले यसको अध्यक्ष जनक रत्नायकेले विरोध गरे पनि संशोधनलाई अनुमोदन गरेको हो । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले न्यून आय भएका परिवारका लागि सहुलियत र धार्मिकस्थल र सरकारी शैक्षिक संस्थाका लागि सौर्य ऊर्जा प्रणाली उपलब्ध गराउन निर्देशन दिए ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले विद्युत् उपभोक्तालाई निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्दै महसुल परिमार्जन कार्यान्वयन गर्न ऊर्जा तथा ऊर्जामन्त्री र सम्बन्धित अधिकारीलाई निर्देशन दिएका राष्ट्रपतिको सञ्चार महाशाखाले बिहीबार जनाएको छ ।

श्रीलंकाले अगस्ट २०२२ मा ७५ प्रतिशतले बिजुलीको शुल्क बढाएको थियो । यद्यपि, राज्यको स्वामित्वमा रहेको बिजुली उत्पादक सिलोन विद्युत् बोर्ड भने घाटामा छ ।

प्रतिक्रिया