बुधबार, जेठ १, २०८२

डिजिटल हिंसाका आरोपी खनाल पक्राउ

नेपालखोज २०७९ फागुन ५ गते १३:३२

काठमाडौं । डिजिटल हिंसाका आरोपी डिल्लीराम खनाल पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

नायिका करिस्मा मानन्धरले आफूलाई ‘डिजिटल भायोलेन्स’ गरेको भन्दै साइबर ब्यूरोमा किटानी जोहरी दिएकी थिइन् । एक युट्युब च्यानलसँगको अन्तरवार्तामा खनालले करिस्माको निजी जीवनबारे टिप्पणी गरेका थिए ।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान गरिनेछ ।

प्रतिक्रिया