कहाँ कस्तो अधिकार छ ट्रान्सजेन्डरहरुलाई

इन्टरनेशनल लेस्बियन तथा गे एसोसिएसनका अनुसार संयुक्त राष्ट्र संघका कम्तिमा २५ सदस्य राष्ट्रले कानुनी निषेध बिना लैङ्गिक पहिचानलाई अनुमति दिन्छन भने केही देशले ट्रान्सजेन्डरहरूलाई साधारण आधारमै आफ्नो पहिचान परिवर्तन गर्न अनुमति दिन्छन् ।
स्वीडेन : १९७२ मा स्वीडेन लैङ्गिक पहिचान परिवर्तनलाई कानुनी मान्यता दिने पहिलो देश बन्यो । त्यहाँ नाबालिगहरूका लागि यस्तो हार्मोन उपचार भने प्रतिबन्धित छ ।
अर्जेन्टिना : अर्जेन्टिना ट्रान्सजेन्डर अधिकारको क्षेत्रमा नेतृत्वदायी भुमिकामा छ । त्यहाँ २०१२ मा राष्ट्रिय परिचयपत्रमा लैङ्गिक पहिचान परिवर्तन गर्न अनुमति दिइएको थियो । यो मामिलामा अर्जेन्टिना पछि बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पेरु र उरुग्वे लगायत धेरै ल्याटिन अमेरिकी देशहरू पनि देखा परे ।
नेपाल : नेपालमा सन् २०१३ मै नागरिकता प्रमाणपत्रमा तेस्रोलिङ्गी उल्लेख गर्न सकिने ब्यबस्था भयो । २०१४ मा भारतको सर्वोच्च अदालतले तेस्रो लिङ्गलाई मान्यता दियो । नेपालको अर्को छिमेकी बंगलादेशमा सन् २०१८ देखि तेस्रो लिङ्गीहरुले आफूलाई ट्रान्सजेन्डर मतदाताका रूपमा दर्ता गराउन पाए । २००९ मा पाकिस्तान तेस्रो लिङ्गीलाई कानुनी मान्यता दिने पहिलो देश बन्यो ।
चिली : चिलीको ओस्कार-विजेता फिल्म “ए फ्यान्टास्टिक वुमन” को सफलताले लैङ्गिक पहिचान कानूनका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाएको छ । चिलीमा यो कानून २०१९ मा पारित भएको थियो । यो फिल्ममा ट्रान्सजेन्डर अभिनेत्री ड्यानिएला भेगाले मुख्य भूमिका निभाएकी थिइन् ।
स्कटल्याण्ड : स्कटल्याण्डमा भर्खरै एउटा कानून पारित गरिएको छ जसले मानिसहरूलाई आफ्नो लैङ्गिक पहिचान स्व-निर्धारण गर्न सजिलो बनाउन सक्छ । यद्यपि यो कानुनले स्वीकृति पाईसकेको भने छैन ।
डेनमार्क : २०१४ मा डेनमार्क चिकित्सा वा मनोवैज्ञानिक परीक्षण बिना वयस्कहरूलाई लिङ्ग परिवर्तनको अनुमति दिने पहिलो युरोपेली देश बन्यो । त्यसपछि बेल्जियम, आयरल्याण्ड, माल्टा र नर्वेले पनि त्यसलाई अनुकरण गरे ।
स्पेन : फेब्रुअरी २०२३ मा स्पेनले लैङ्गिक पहिचान परिवर्तन गर्न अनुमति दियो । यसलाई त्यहाँ कि ‘समानता मन्त्री’ इरेन मोन्टेरोले “एक विशाल कदम ” का रूपमा वर्णन गरेकि छिन । स्पेन त्यसो गर्ने युरोपको सबैभन्दा ठूलो देश हो । यो अधिकार आफ्ना अभिभावक वा कानुनी अभिभावकको अनुमति लिएर १४ वर्षसम्मका नाबालिगहरूले पनि प्रयोग गर्न सक्छन् ।
जर्मनी : जुन २०२२ मा जर्मन सरकारले लैङ्गिक पहिचान परिवर्तन गर्न अनुमति दिने योजनाको घोषणा गर्यो । जन्मदर्तामा तेस्रोलिङ्गी भन्ने बुँदा समावेश गरि जर्मनीमा सन् २०१८ मा यसलाई कानुनी मान्यता दिइएको थियो ।
फ्रान्स : ट्रान्सजेन्डरहरूलाई फ्रान्समा आफ्नो लैङ्गिक पहिचान परिवर्तन गर्न अनुमति छ, तर त्यसका लागि अदालतबाट स्वीकृति लिनु पर्छ ।
अस्ट्रेलिया : सन् २०१३ मा अष्ट्रेलियाले राहदानीमा तेस्रो लिङ्गी श्रेणी थप्न अनुमति दिएको थियो ।
अमेरिका : अमेरिकाले २०२१ मा ट्रान्सजेन्डरहरूलाई राहदानीमा ‘एक्स’ श्रेणी छनौट गर्न अनुमति दियो ।
एएफपी
प्रतिक्रिया