आईपीएल- २०२३ को तालिका सार्वजनिक

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल- २०२३ को खेल तालिका सार्वजनिक गरेको छ । यसपटकको आईपीएल ३१ मार्चमा सुरु हुनेछ भने प्रतियोगितामा कुल ७० वटा लिग खेल हुनेछन् । समूह चरणका खेलहरू मे २१ सम्म हुनेछन् । ५२ दिने यो सिजनको फाईनल मे २८ मा हुनेछ । यस पटकको आईपीएलको उदघाटन खेलमा हार्दिक पाण्ड्याको कप्तानीको गुजरात टाइम्स (GT) ले महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स (CSK) सँग प्रतिस्पर्धा गर्नेछ।
कुल ७० लिग खेल : आईपीएल- २०२३ को उदघाटन खेल अहमदाबादमा खेलाइनेछ । यस पटकको प्रतियोगितामा १० टिमबीच कुल ७० लिग खेल हुनेछन् । यस अवधिमा क्रीकेट प्रेमीहरुले १८ वटा डबल हेडर हेर्न पाउनेछन् । डबल हेडरको अर्थ एक दिनमा दुई खेल खेलाईनु हो । आइपिएलका साँझका खेल नेपाली समय अनुसार साँझ ७.४५ बजेदेखि हुनेछन् भने दिउँसोका खेलहरू दिउँसो ३ः४५ मा सुरु हुनेछन् ।
पछिल्लो पटकको उपविजेता राजस्थानको खेल २ अप्रिलमा : आईपीएल २०२२ को उपाधि गुजरात टाइटन्सले जितेको थियो। २०२२ को उपबिजेता राजस्थान रोयल्सले फाइनल खेलमा लज्जास्पद हार बेहोरेको थियो । यस पटक गुजरातले मात्र प्रतियोगिताको उदघाटन खेल खेल्नेछ भने राजस्थानले आफ्नो पहिलो खेल २ अप्रिलमा सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्नेछ ।
सुरुवाति ५ खेल
चेन्नई सुपर किंग्स विरुद्ध गुजरात टाइटन्स : मार्च ३१
पञ्जाब किंग्स विरुद्ध कोलकाता नाइट राइडर्स : १ अप्रिल
लखनऊ सुपर जायन्ट्स विरुद्ध दिल्ली क्यापिटल्स : अप्रिल १
सनराइजर्स हैदरावाद विरुद्ध राजस्थान रोयल्स : अप्रिल २
रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध मुम्बई इन्डियन्स : अप्रिल २ ।
सबै १० टिमले समूह चरणमा १४-१४ खेल खेल्ने : आईपीएल २०२३ मा प्रतिस्पर्धा गर्ने सबै १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणमा प्रत्येक टिमले १४–१४ वटा खेल खेल्नेछन् । यस अवधिमा प्रत्येक टिमले आफ्नो घरमा ७ खेल खेल्नुपर्नेछ भने बाँकी ७ खेल विपक्षी टिमको घरमा खेल्नुपर्नेछ । यसरी प्रत्येक टिमले ७ घरेलु तथा ७ अवे खेल खेल्नेछन् ।
आईपीएल २०२३ को समूह बिभाजन : समूह- ए : मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स तथा लखनउ सुपर जायन्ट्स ।
समूह- बी : चेन्नई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बेंगलोर तथा गुजरात टाइटन्स ।
१२ स्थानमा कुल ७० खेल : आईपीएल २०२३ का खेलहरू १२ स्थानमा खेलिनेछन् । यसपटक गुवाहाटी तथा धर्मशालाले पनि आईपीएल खेलको आयोजना गर्ने मौका पाएका छन । यस पटकको आईपीएल अहमदाबाद , मोहाली , लखनउ , हैदरावाद , बेंगलोर, चेन्नई, दिल्ली, कोलकाता, जयपुर, मुम्बई, गुवाहाटी तथा धर्मशालाका स्टेडियममा संचालन हुनेछन् ।
प्रतिक्रिया