बुधबार, जेठ १, २०८२

१ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्किस नागरिक पक्राउ

नेपालखोज २०७९ फागुन ७ गते १८:३२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्य् मुलुकतर्फ लैजान लागेको एक लाख २६ हजार तीन सय कतारी रियालसहित टर्कीस् नागरिक २९ वर्षीय हिडिल क्यायन सारिकमारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया