नेपालले पायो स्कटल्याण्डबाट २ सय १३ रनको चुनौती
नेपालखोज
२०७९ फागुन ९ गते १२:४८

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदान मा भइरहेको शृखंलाको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रन चुनाैती दिएको छ ।
नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित टीयू मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै दश विकेट गुमाएर २१२ रन बनाएको हो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन जोडे । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए ।
नेपालले केहीबेरमा स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गर्नेछ । दुवै टोली आजको खेल जितेर विश्व क्रिकेटमा पहुँच बढाउने रणनितीमा छन् ।
सम्बन्धित
प्रतिक्रिया