९ किलोग्राम चरेससहित तीन जना सशस्त्र प्रहरीको नियन्त्रणमा
नेपालखोज
२०७९ फागुन १० गते १५:५७

काठमाडौं । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी फुलवारीले रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४ बर्षिय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका–१ बस्ने ३९ बर्षिया पुनम पुन र ४१ बर्षिया दिलमाया पुनलाई नियन्त्रणमा लिएको हो । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँग गर्दा उनीहरुको साथमा उल्लेखित चरेस फेला परेपछि नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएकाहरुलाई बरामद चरेससहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया