बुधबार, जेठ १, २०८२

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ फागुन १० गते १७:१६

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी नवराज भण्डारीलाई बुधबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रतिवादी नवराज अधिकारीले बिसं २०७७ माघ १९ गते सेञ्चुरी बैंक लिमिटेड मण्डिखाटार शाखामा रहेको खाताबाट रकम भुक्तान हुने भनि उक्त बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानी जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले प्रतिवादी भण्डारीलाई बैंकिङ कसुर तथा सँजाय ऐन २०६४ बमोजिमको कसुरमा दुई दिन कैद र १३ लाख ६० हजार रुपैंयाँ जरिवाना ठहर भएको थियो ।

सो पश्चात भने फरार रहेका भण्डारीलाई बुधबार नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरी सोही दिन फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएकोमा सोही दिन नै अदालतबाट कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाईएको सिआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया