युक्रेन माथिको आक्रमण : फेब्रुअरी २४ का ती छ घण्टा

२४ फेब्रुअरी २०२२ को प्रारम्भिक घण्टामा अधिकांश युक्रेनी नागरिक गहन निद्रामा थिए तर त्यसपछि उनिहरुको घर वरपर नै विस्फोटहरू हुन थाले । मोबाइल नेटवर्क जाम भयो किनभने युक्रेनमा रुसले आक्रमण गरेको थियो ।
बिहान ५ बजे (युक्रेनी समय) :
२४ फेब्रुअरी २०२२ , युक्रेनी समय अनुसार बिहान ५ बजे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रमा सैन्य अपरेशनको घोषणा गर्दै अन्तर्राष्ट्रिय सीमा पार गरे । पुटिनले युक्रेनी सेनालाई हतियार बिसाएर आत्मसमर्पण गर्न आग्रह गरे।
बिहान ५ : ३५
पश्चिमी देशका नेताहरूले रुसको सैन्य कारबाहीलाई उत्तेजक र गैरजिम्मेवारपूर्ण भन्दै मस्कोको आलोचना गर्न थाले । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कार्यका लागि विश्वले रुसलाई जिम्मेवार ठहराउने बताए । राष्ट्रसंघका महासचिवले रुसी राष्ट्रपतिलाई सेना फिर्ता गर्न अपिल गरे ।
बिहान ५ : ४६
पूर्वी युक्रेनका केही सहरमा विस्फोटको आवाज सुनियो । आधा घण्टापछि युक्रेनको राजधानी किभमा समेत विस्फोटको आवाज सुनिन थाल्यो ।
बिहान ६ : ३०
युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसले एकतर्फी युद्ध गरिरहेको आरोप लगाए । कुलेबाले रुसी आक्रमणलाई “पूर्ण मात्रामा घुसपैठ” भने । केही समय पछि राजधानी किभका मेयरले नागरिकहरूलाई घरमै बस्न अपील गरे ।
बिहान ६ : ४५
आफ्ना कैंयन शहरमा विस्फोट र किभमा रूसी हेलिकप्टरहरूको उडान पछि युक्रेनले सम्पूर्ण हवाई उडान बन्द गर्यो ।
बिहान ७ : ०० बजे
रुस समर्थक विद्रोहीले पूर्वी युक्रेनको लुहान्स्क र डोनेस्क प्रान्तमा युक्रेनी सेनामाथि आक्रमण गरे । यसै क्रममा रुसी राजदूतले सुरक्षा परिषद्को आपतकालीन बैठकमा रुसी सेनाले युक्रेनको सैन्य शक्तिलाई मात्र निशाना बनाएको बताए ।
बिहान ८ : ००
बजे युक्रेनको बोर्डर गार्ड सर्भिसले रुसी सेनाले बेलारुसको सीमाबाट आक्रमण गरेको आरोप लगायो । यो आरोपपछि रुसी सेनाले युक्रेनमा दुई तर्फबाट आक्रमण गरिरहेको स्पष्ट भएको थियो । यो दावीको पाँच मिनेट पछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशमा मार्शल लको घोषणा गरे।
बिहान ९ : ००
बजे युक्रेनको सेनाले लुहान्स्कमा पाँच रुसी विमान तथा एउटा हेलिकप्टर खसालेको दाबी गर्यो ।
बिहान १० : २५ क्राइमियाबाट युक्रेनमा प्रवेश गरेको रुसी सेनाको टुकडि सुरक्षा क्यामेरामा देखियो । यो आक्रमणको तेस्रो मोर्चा थियो ।
बिहान ११ : ३० युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सबै नागरिकलाई देशको रक्षार्थ लड्न अपिल गरे । सरकारले रुससँग लड्न चाहनेलाई हतियार दिने बतायो ।
प्रतिक्रिया