बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तामाङ पक्राउ
नेपालखोज
२०७९ फागुन १२ गते १७:०३

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पविन तामाङ पक्राउ परेका छन् । भक्तपुर सूर्यविनायक नगरपालिका–८ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ विसिङखर घर भएका २८ वर्षीय तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७८ माघ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र १३ लाख ३० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर कौशलटारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको सिआईबीले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया