बुधबार, जेठ १, २०८२

मध्य माली आक्रमणमा तेह्र जना सर्वसाधारणको मृत्यु

नेपालखोज २०७९ फागुन १३ गते ११:५४

बामाको । मध्य मालीको एउटा गाउँमा बिहीबार हतियारधारीहरूले गरेको आक्रमणमा कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै आज जनाएका छन् ।

बिहीबार दिउँसो कानीबोन्जोन गाउँमा आगजनी हुँदा स्वचालित हतियारको आवाज सुनिएको एक समाचार वेबसाइटले पोस्ट गरेको भिडियोमा देखिएको छ ।

आक्रमण र हताहतीको पुष्टि बैंकास सर्कल काउन्सिलका अध्यक्ष अमाडो यारोले गरेका छन् । उक्त क्षेत्रका गभर्नर बर्बर हमलाका पीडितहरूलाई समर्थन गर्न गए राती घटनास्थलमा गएका थिए । ‘हामीले भर्खरै देखेको दृश्य भयानक छ। यो गाउँमा भएको बर्बर र अमानवीय आक्रमण हो, अन्न भण्डारहरू पनि खरानी पारिएका छन् ,’ यारोले भने। आक्रमणको निन्दा गर्दै थप सुरक्षाको माग गर्दै शुक्रबार बन्दियागराका बासिन्दा सडकमा उत्रिएका छन् ।

सन् २०१२ देखि माली विद्रोह, जिहादी आक्रमण र अन्तर९सामुदायिक हिंसाबाट पीडित छ । हिंसात्मक घटनामा हजारौं मारिएका छन् भने सयौं हजार विस्थापित भएका छन् ।

प्रतिक्रिया