नगर प्रहरी सहित ३१ जना महानगरपालिकाका कर्मचारीमा आरडिटी पोजेटिभ
काठमाडौं । उपत्यका बाहिर बढ्दै गईरहेको कोरोना भाईरस संक्रमण काठमाडौंमा पनि बढ्दै जान थालेको छ । काठमाडौं महानगरपालिकाका कार्यरत एक नगरप्रहरी सहित ३१ जना कर्मचारीमा कोरोना भाईरस संक्रमणको शंका गरिउको छ । काठमाडौं महानगरपालिकाका वातावरण विभागमा कार्यरत ३१ जना कर्मचारीमा कोरोनाभाइरसको आशंका गरिएको हो । उनीहरुमा शुक्रबार आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले बताएका छन्
महानगरपालिकाका फोहोरमैला उठाउने कार्यमा खटिनेसहित चालक, स्वयमसेविकालगायतका कर्मचारीमा कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
उनका अनुसार आज ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो । पीसीआरको रिपोर्ट भने आउन बाँकी छ ।
यस्तै आरडीटी पोजेटिभ देखिएका ३१ जनामा पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै कोरोना भए(नभएको पुष्टि हुने उनले बताए । उनका अनुसार उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ ।
कोरोनाका संकास्पद बिरामीलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।
प्रतिक्रिया