ईयूका कर्मचारीहरूलाई टिकटकमा प्रतिबन्ध

अमेरिकापछि अब युरोपियन युनियनले पनि आफ्ना सरकारी अधिकारी तथा कर्मचारीको फोनबाट चिनियाँ एप टिकटक डिलिट गर्ने निर्णय गरेको छ । ईयूका एक अधिकारीले यो जानकारी दिएका हुन् । टिकटकमा लगाइएको प्रतिबन्ध इमेल खाता भएका सबै फोन र अन्य उपकरणहरूमा लागू हुनेछ ।
गत साता मात्र युरोपेली आयोग तथा काउन्सिल अफ युरोपेली संघले कर्मचारीको फोनमा टिकटक एप माथि प्रतिबन्ध लगाएको थियो । चिनियाँ कम्पनी बाइटडान्सको यो भिडियो सेयरिङ एपलाई लिएर सुरक्षा चिन्ता बढ्दै गएकाले यस्तो निर्णय गरिएको युरोपेली अधिकारीहरुले बताएका छन् । यसअघि अमेरिका तथा क्यानाडाले पनि यस्तै निर्णय गरिसकेका छन भने अष्ट्रेलियालगायत अन्य देशमा पनि यस्तो निर्णय भएको थियो ।
टिकटकमाथि प्रतिबन्ध लगाउने यस्तो निर्णयबाट चीन भने पटक्कै खुसी छैन र उसले अमेरिकाको निर्णयप्रति आपत्ति समेत जनाएको छ । चीनले अमेरिकाले यसमा अति गरेको बताएको थियो ।
चीन रुस्ट चीनको विदेश मन्त्रालयका प्रवक्ताले यो कदमलाई अमेरिकाले विदेशी कम्पनीहरूलाई दबाउन बल प्रयोग गरेको उदाहरण भनेका छन् । सञ्चारमाध्यमहरुसँग कुरा गर्दै प्रवक्ता माओ निङले भने, ‘हामी यस्ता गलत कदमको कडा विरोध गर्छौं । अमेरिकी सरकारले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको नियमलाई सम्मान गर्नुपर्छ र विदेशी कम्पनीहरूलाई भेदभावविना स्वतन्त्र, निष्पक्ष र खुला वातावरण उपलब्ध गराउनुपर्छ ।’ माओ निङले विश्वको महाशक्ति अमेरिकाले आफूलाई बढि नै असुरक्षित महसुस गरेको भन्दै उ युवाहरुलाई मनपर्ने एपसँग डराएको पनि बताए ।
टिकटक लामो समयदेखि विवादमा तानिदै आएको छ । भारतले समेत यसमा प्रतिबन्ध लगाएको छ । पछिल्ला महिनाहरूमा पश्चिमी देशहरूमा टिकटकको खतराको चिन्ता बढेको छ । यो एप बिरुद्ध आफ्ना ग्राहकको डाटा सङ्कलन गरी चीनका सरकारी निकायलाई दिने गरेको आरोप छ । विश्वका केही जासुसी एजेन्सीहरूले सरकारी उपकरणहरूले यो एप प्रयोग गर्दा तिनीहरूबाट संवेदनशील जानकारी चोरी हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
टिकटकले अन्य सामाजिक सञ्जाल एप जस्तै काम गर्ने र अरु कसैलाई डाटा दिने जस्ता गतिविधिमा संलग्न नहुने बताएको छ । अमेरिकी सरकारले आफ्ना कर्मचारीहरूलाई टिकटक प्रयोग नगर्न आदेश दिएकोमा संघीय प्रमुख सूचना अधिकारी क्रिस डेरुशाले बाइडेन सरकार आफ्नो डिजिटल पूर्वाधार एवं आफ्ना नागरिकहरूको सुरक्षामा प्रतिबद्ध रहेको बताए।
टिकटकले यस्ता कदमलाई दुर्भाग्यपूर्ण भनेको छ । कम्पनीका प्रवक्ताले बीबीसीलाई बताए अनुसार यी प्रतिबन्धहरू “कुनै सोचविना” लगाइएको छ र यो ‘राजनीतिक नाटक बाहेक अरू केही होईन’।
कति खतरनाक छ टिकटक ?
टिकटककन बारेमा विभिन्न सरकारहरूको चिन्ता यो एप जासुसी र संवेदनशील जानकारी चोरी गर्न प्रयोग गर्न तथा मानिसहरुमा भ्रामक र गलत सूचना फैलाउन हतियारका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने रामा छ ।
डिजिटल अधिकारका लागि काम गर्ने ब्रसेल्सस्थित गैर-सरकारी संस्था एस्टेल मास अफ एक्सेस नाउले गत महिना दिएको एक अन्तर्वार्तामा यी चिन्ताहरू मान्य भएको बताएकी थिइन् । उनले भनेकि छिन , ‘चिनियाँ सरकारले जासुसी गर्ने यी चिन्ताहरू पूर्णतया जायज छन् किनभने यो संसारमा सबैभन्दा छिटो बढिरहेको सामाजिक सञ्जाल हो र यसको प्रयोगकर्ताहरूमा बढिजसो युवा छन्।’ स्रोत : रोयटर
प्रतिक्रिया