शनिबार, जेठ ४, २०८२

यी हुन् एन्फा बैठकबाट भएका महत्त्वपूर्ण निर्णय

नेपालखोज २०७९ फागुन १७ गते १९:१०

काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाको आजको बैठकले ३ जना सहायक महासचिव नियुक्त गरेको छ । बहुमत कार्यसमिति सदस्यहरुले वहिष्कार गरेको कार्यसमितिको बैठकले बसन्त अर्याल, दामोदर भट्टराईइ र अरुणमान जोशीलाई सहायक महासचिव नियुक्त गरिएको हो ।

बुधबारलाई तय भएको कार्यसमिति बैठकमा बहुमत सदस्यले आफ्नो माग समावेश नभएसम्म कार्यसमिती बैठक सुरु हुन नसक्ने अडानकाबीच एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बलपूर्वक ६–७ वडा एजेण्डा अगाडी बढाएपछि ११ जना केन्द्रिय सदस्य बैठकस्थलबाट बाहिरिएका थिए  ।  

तीन उपाध्यक्षसहित कार्यसमितिका बहुमत १२ सदस्यको मागविपरित अध्यक्ष पंकजविक्रम नेम्वाङले कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्षको बर्खास्तसहित विभिन्न पाँच एजेण्डा नथप्ने निर्णय गरेका थिए । 

बैठकका निर्णयहरू 

 अखिल नेपाल फुटबल संघको आज मिति २०७९ फाल्गुण १७ गते बसेको कार्यसमितिको बैठक बाट निम्न निर्णयहरु भएको छ ।

१) आगामि २०७९ चैत्र ६ देखि १७ (March 20-31, 2023 ) सम्म नेपाल, भुटान, लाओस सम्मिलित अन्तराष्ट्रिय प्रतियोगितालाई “प्रधानमन्त्री थ्रिनेसन कप ” नामाकरण गरी प्रतियोगिता समितीको जिम्मेवारीमा दशरण रंगशालामा सचालन गर्ने। यस प्रतियोगिताको लागि टिकट दर साधारण प्यापिट तर्फ रु ५०० र भि आई पि तर्फ रु १००० तोक्ने निर्णय गरियो । डिजिटल अधिकार र मार्केटिङको लागि महिला ओलम्पिक छनोट खेल सगै एकमुष्ठमा रु ३० लाख र ५० लाख न्युनतम मुल्य निर्धारण गरी टेण्डर आह्वान गर्ने निर्णय गरियो । 

२) पेरिस ओलम्पिक २०२४ महिला छनोट एसिया क्वालिफायर राउण्ड १ को समुह सि को खेल मिति २०७९ चैत्र २० देखि २८ गतेसम्म (April 3-11 ) नेपाल, भियतनाम, अफगानिस्तानको सहभागितामा दशरण रंगशालामा प्रतियोगिता समितिको जिम्मेवारीमा सचालन गर्ने निर्णय गरियो । प्रतियोगिताको लागि टिकट दर साधारण प्यापिट तर्फ रु ३०० र भि आई पि तर्फ रु १००० निर्धारण गरियो । साथै दुवै प्रतियोगिताको टिकटिङ सघ आफैले गर्ने निर्णय गरियो ।

३) ए डिभिजन लिग तथा महिला राष्ट्रिय लिग सन्चालनको लागी विभीन्न एजेन्सीहरुसग विस्तृत प्रस्ताव माग गर्ने र प्राप्त प्रस्तावहरु अध्ययन गरी उत्कृष्ट प्रस्तावलाई सघको आपतकालिन समिति बाट निर्णय गरी कार्यान्वयन गर्ने निर्णय गरीयो ।

४) बि डिभिजन लिग मिति २०७९ चैत्र २९ गते बाट सन्चालन गर्न नया मिति निर्धारण गरियो साथै सि डिभिजन लिग जेठ १६ गतेबाट सन्चालन हुने गरी सम्बन्धीत क्लबहरुसग बैठक बसी थप निर्णय गर्ने ।

५) जिल्ला लिग २०२३ वैशाख महिना बाट सन्चालन गर्ने निर्णय गरियो । यसको लागी सबै जिल्लाको सहभागितामा एक कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरियो ।

६) कोभिड महामारी लगायत विविध कारणवश स्थगन हुन पुगेको राष्ट्रिय महिला लिग २०७८ लाई अकको आधारमा पहिलो दोस्रो तेस्रो स्थान निर्धारण गरी क्रमश ७ लाख, ५ लाख र ३ लाख पुरस्कार स्वरुप प्रदान गर्ने निर्णय गरियो । महिला लिग २०८० को सन्दर्भमा प्रस्ताव नम्बर ३ को निर्णय अनुरुप हुने निर्णय गरियो ।

७) बर्ष वि.स २०८० वैशाख देखि सुरु हुने गरी यु-१४ र यु-१७ फुटबल प्रतियोगिता छात्र तथा छात्रा दुवै उमेर समुहमा जिल्ला प्रदेश र केन्द्रमा आयोजना गर्ने सो को लागी आवश्यक खाका प्रतियोगता समितिले तय गर्ने निर्णय गरियो । 

 ८) पदपूर्ति समितिले सिफारिस गरे अनुसार वितिय निर्देशकमा सजय गिरी, खरिद प्रमुख कृष्ण श्रेष्ठ ईन्जिनियरमा नविन राजभण्डारी र लेखा सहायक रवि खड्का र राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा ईटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेस नियुक्ति गर्ने निर्णय गरियो ।

९) महिला र फुटसलको फ्रेन्चाईज प्रतियोगिताको लागी सार्वजानिक सुचना जारी गर्ने र प्राप्त प्रस्ताव मध्ये उत्कृष्ट र बढी रकम कबोल गर्ने प्रस्ताव स्वीकृत गरी फ्रेन्चाईज प्रतियोगिता आयोजना गर्ने विभिन्न निजि कम्पनिहरुलाई आह्वान गर्ने निर्णय गरियो ।

१०) महिला एकेडेमी सन्चालनको लागी रौतहट एकेडेमीको कानुनी समस्या समाधान गरी चाडो भन्दा चाडो महिला यु-१४ उमेर समुहको एकेडेमी सन्चालन गर्ने निर्णय गरियो । ११) सातै प्रदेश सघको अधिवेशन वैशाख मसान्त सम्म सम्पन्न गर्ने निर्णय गरियो ।

१२) फुटसल समितिले यस बर्षको उपयुक्त समय हेरेर फुटसल लिग सन्चालन गर्ने निर्णय गरियो ।

१३) NSEM सग संघका अध्यक्ष ज्युको नेतृत्वमा गठित समितिले गरेको सम्झौतालाई अनुमोदन गरियो । यसको लागि सम्झौता अनुरुपको समय उपलब्ध गराउने निर्णय गरियो ।
१४) शेर्पा आउटडोर प्रा.ली (केटिएम सिटि) सगको सम्झौताको अवधी समाप्त हुन लागेकाले तत्काल नियमानुसार अर्को ३ बर्षको लागी सुचना प्रकाशीत गरी नया टेण्डर आह्वान गर्ने निर्णय गरियो ।

१५) विश्वको विभिन्न देशमा बसोबास गर्ने नेपालीहरु र फुटबल माया गर्ने व्यक्तित्वहरुलाई समेटी सम्बन्धीत देशमा सघको समन्वय समिति गठन गर्ने निर्णय गरियो । शिव खडका को नेतृत्वको जापान समन्वय समितलाई पुर्णता दिने गरी अनुमोदन गर्ने निर्णय गरियो ।

१६) एन्फाको विधान २०७७ धारा ४६ मा व्यवस्था भए बमोजिमका स्थायी समिति सयोजकहरु तपशिल बमोजिम तोक्ने क) प्रतियोगिता समिति – वीर व खड्का, ख) प्राविधिक समिती- पुरुषोतम थापा ग) कानुन समिति – अनिल मल्ल घ) युवा फुटबल समिति विकास नारायण श्रेष्ठ ङ) फुटसल समिति- टिका लामा च) खेलाडी स्तर समिती – महेन्द्र क्षेत्री छ) रेफ्री समिति – बुदि गुरुङ ज ) महिला फुटबल समिती- सरिला श्रेष्ठ मलेकु झ) सुरक्षा समिती- मणीराज बिष्ट ञ) स्वास्थ्य समिती- भरत बुढ थापा ट) सुचना तथा सचार समिती सह सयोजक शुरेस शाह ठ) सदस्य सस्था समन्वय समिति दावा लामा ड) बीच सकर समिति भोज राज शाही ढ) राष्ट्रिय टिम तयारी समिति- मनिश जोशी, बाकी समिति र समितिका सदस्यहरु अध्यक्षज्युले मनोनित गर्ने ।

१७) धारा ४५ बमोजिम आपतकालिन समिति तपशिल बमोजिम गठन गर्ने निर्णय गरियो ।
अध्यक्ष- पकज नेम्बाङ, सदस्य- वीर व खड्का, दावा लामा, बिकास नारायण श्रेष्ठ , पुरुषोतम थापा ।

 १८) सिईओ नियुक्तिको लागी सुचना प्रकाशन गर्ने। सघको सहायक महासचिवमा दामोदर भट्टराई, वसन्त अर्याल र अरुणमान जोशी र सह कोषाध्यक्षमा पुर्णमान चित्रकार लाई नियुक्ति गर्ने निर्णय गरियो ।

१९) ग्रासरुट हेडमा पकज शाहि यूथ हेडमा नविन महर्जन र नविन न्यौपाने, हेड अफ कोच एजुकेशनमा सन्जित सिह र महिला हेडमा राजुकाजी शाक्यलाई नियुक्ति गर्ने निर्णय गरियो ।

२०) विभिन्न देशहरुका फुटबल सघहरु सग नेपालको फुटबल बिकासको लागी दिपक्षीय सम्झौताहरु गर्ने । 

प्रतिक्रिया