आईसीसी विश्वकप लिग टू : आज नेपाल युएईबीच खेल हुँदै
नेपालखोज
२०७९ फागुन १८ गते ६:५४

काठमाडाैं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत आज नेपाल र घरेलु टोली युएईबीच खेल हुँदै छ । नेपाल र युएईबीचको खेल बिहान पौने १२ बजेदेखि सुरु हुने छ ।
आज नेपालले युएईलाई पराजित गरेमा तालिकामा १ स्थान माथि उक्लने छ । सन् २०१९ देखि सुरु भएको विश्वकप लिग टूको साइकलमा यूएई पाँचौं र नेपाल छैटौं स्थानमा रहेको छ ।
युएईविरुद्धको खेल अघि १ अंकले पछि रहँदै छैटौं स्थानमा रहेको नेपाल विजयी भएमा उल्टै युएईलाई १ अंकले पछि पार्दै पाँचौं स्थानमा उक्लने छ । शीर्ष ५ भित्र अटाउने टोलीको एक दिवसीय मान्यता जोगिने भनिएकाले पनि यो सिरिज निकै महत्वपूर्ण रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया