युएईसँग टस जितेर फिल्डिङ रोजेको नेपालले लियो पहिलो ओभरमै विकेट
नेपालखोज
२०७९ फागुन १८ गते १२:२१

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर बलिङ सुरु गरेको छ ।
यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका थिए । रोहितले लगातार छैठौं पटक टस जितेका हुन् ।अहिले नेपालले एक विकेट लिएको छ ।
पहिलो ओभरमै करण केसीले विकेट लिएका छन् । उनले युएईका ओपनर मोहम्मद वासिमलाई शून्य रनमै विकेट लिए । आज नेपाली टोलीबाट सन्दीप लामिछाने पनि खेल्दैछन् ।
सम्बन्धित
प्रतिक्रिया