नेपालले लियो पपुवा न्यूगिनीको ४ विकेट
नेपालखोज
२०७९ फागुन १९ गते १३:५३

काठमाडौं । यूएईमा जारी आईसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपालले ४ विकेट लिएको छ ।
दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा पीएनजीले टस जितेर ब्याटिङ गरिरहेको छ । बलिङमा उत्रेको नेपालले पीएनजीको ४ विकेट लिँदा नेपालले २३ ओभर खेलिरहेको छ । अहिलेसम्म ९२ रन जोडेको छ ।
सेसे बाउ, टोनी उरा र किपलिन डोरिगा लगायत ४ विकेट आउट भएका छन् । नेपालका लागि सन्दीप लामिछाने, कुशल मल्ल, सोमपाल कामीले विकेट लिएका हुन् । बिहीबारको खेलमा यूएईसँग पराजित भएको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।
सम्बन्धित
प्रतिक्रिया