शनिबार, जेठ ४, २०८२

आईसीसी लिग–२ : पपुवा न्युगिनीद्वारा यूएई पराजित

नेपालखोज २०७९ फागुन २१ गते १७:०८

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी नेपाल, युएई र पपुवा न्युगिनी सम्मिलित विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत आजको खेलमा पपुवा न्युगिनी विजयी भएको छ । शृङ्खलाको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीले युएईलाई पाँच विकेटले पराजित गरेको हो ।

पपुवा न्युगिनीसित युएई घरेलु मैदानमा लगातार दोस्रो खेलमा पराजित भएको हो । टस जितेर पपुवा न्युगिनीले फिल्डिङ राजेको थियो । निर्धारित ५० ओभरको खेलमा युएईले २६ दशमलव दुई ओभरमा आफ्ना सवै विकेट गुमाएर मात्र ९७ रन बनायो । यस्तै ९८ रनको विजय लक्ष्य पपुवा न्युगिनीले २६ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । पपुवा न्युगिनीका लागि प्रारम्भिक ब्याटर टोनी उराले अविजित ३५, सेसे बाउले १८ र हिरीहिरीले १४ रन बनाए ।

बलिङतर्फ यूएईका रोहन मुस्तफाले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा यूएईका भृत्य अरविन्दले २६, मुहमद वसिमले १९, आशिफ खानले ११ तथा चुनदाङ्गापोयल रिजवानले १० रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका रिले हेकुरेले पाँच, चाड सोपरले तीन तथा चाल्र्स अमिनीले एक विकेट लिए ।

यूएईले हालसम्म खेलेका ३१ खेलबाट ३१ अङ्क जोडेको छ । यूएई लिगको पाँचौँ स्थानमा कायमै छ । नेपाल लिगको छैटौँ स्थानमा छ । नेपालले ३१ खेलबाट ३० अङ्क जोडेको छ । पपुवा न्युगिनीले ३२ खेलबाट मात्र नौ अङ्क जोडेको छ । पपुवा न्युगिनी लिगको पुछारमा छ । शृङ्खलाको अन्तिम खेलमा सोमबार नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया