शनिबार, जेठ ४, २०८२

भीम सार्कीको अर्धशतक मद्दतमा सम्हालिँदै नेपाल

नेपालखोज २०७९ फागुन २२ गते १५:३३

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटमा घरेलु टोली यूएईविरुद्धको खेलमा नेपालका भीम सार्कीले अर्धशतक पूरा गरेका छन् ।

९९ बलमा सात चौकासहित ७० रन जोडेर सार्की आउट भए । कमजोर बनेको नेपाली टिमलाई आशा जगाएका छन् । राष्ट्रिय टिमबाट उनको यो पहिलो अर्धशतक हो ।

टस जितेर ब्याटिङ गरेको नेपालले ४७.४ ओभरको समाप्तिमा आठ विकेट गुमाएर २०४ रन जोडेको छ । नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन जोडेर आउट भए ।

प्रतिक्रिया