शनिबार, जेठ ४, २०८२

सहीद स्मारक ए डिभिजन लिग : आज तीनवटा खेल हुँदै, महिलालाई नि:शुल्क प्रवेश

नेपालखोज २०७९ फागुन २४ गते ८:१६

काठमाडाैं । सहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुँदैछन् । दशरथ रंगशालामा दुईवटा र च्यासल मैदानमा एउटा खेल हुने छ । आजका खेलहरुमा अन्तर्राष्ट्रिय नारी दिवस परेकाले महिलालाई निःशुल्क गरिएको छ ।

आजको खेलमा महिलाहरु जाँदा टिकट काट्नु नपर्ने जनाइएको छ । ए डिभिजन लिग अन्तर्गतको आज दिउँसो साढे २ बजे च्यासलमा विभागीय क्लब एपीएफ र सातदोवाटो आमने सामने हुने छन् ।

यसैगरी सोही समयमा दशरथ रंगशालामा नेपाल पुलिस क्लब र हिमालय शेर्पाबीच प्रतिस्पर्धा हुँदा साँझ साढे ५ बजे मनाङ मस्र्याङ्दी र संकटा क्लब आमने सामने हुने छन् । 

प्रतिक्रिया