बुधबार, जेठ १, २०८२

मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

नेपालखोज २०७९ फागुन २४ गते १८:०७

हेटौंडा । हेटौंडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर९१७ हटियाको कठायत चोकमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । दुर्घटनामा थप दुईजना घाइते भएका छन् ।

हेटौंडा बजारबाट ठूलदमार जाँदै गरेको बा६४प ६६६४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा प्र ०३९०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाइकल चारक र स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा-१८ भालुखोलाका १८ वर्षीय अर्जुन भोम्जन र स्कुटर चालक स्कुटर चालक नुवाकोट ककनी नगरपालिका(४ की २८ वर्षीया जीना लामा रहेका छन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौंडा १८ रामधुनीका १६ वर्षीय सुजन घलान र बागमती गाउँपालिका-८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगर घाइते भएका छ्न् ।

प्रतिक्रिया