शनिबार, जेठ ४, २०८२

पिएनजी विरुद्ध आसिफकाे शतक प्रहार

नेपालखोज २०७९ फागुन २५ गते १२:०१

काठमाडाैं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपालका ओपनर आसिफ शेखले पपुवा न्युगगिनी (पिएनजी ) विरुद्ध शतक प्रहार गरेका छन् ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि आसिफले एक सय एक बलमा १० चौका र दुई छक्काकाे मद्दतमा प्रहार गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो पहिलो शतक हो ।

आसिफलाई कप्तान रहितकुमार पौडेलले २० रन बनाएर साथ दिइरहेका छन् । आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग एक सय २० रनको साझेदारी गरेका थिए ।

प्रतिक्रिया