आइसिसी विश्वकप लिग – २ : आज नेपाल र युएई बिच खेल हुने
नेपालखोज
२०७९ फागुन २८ गते ८:०३

काठमाडौं । आइसिसी विश्वकप लिग -२ त्रिकोणात्मक सिरिज अन्तरगत आज नेपालले युनाइटेड अरव इमिरेट्स (युएई) को सामना गर्दैछ । यो प्रतिस्पर्धा त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा बिहान ९ः३० बजे सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा जित हात पारेको नेपालका लागि आजको खेलमा पनि जित चाहिन्छ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको थियो ।
विश्वकप लिग – २ को शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाउन नेपालले बाँकी रहेका तीनै वटा खेल जित्नुपर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया