मनाङसँग एनआरटी पराजित
नेपालखोज
२०७९ चैत १ गते २१:१४

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबविजयी भएको छ । बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा मनाङले न्युरोड टिम एनआरटी लाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
मनाङका लागि रोशन राना मगर, कोफी कुडु र साइदजमोल दाभ्लातजोनोभले गोल गरे । एनआरटीका लागि अशोक थापा मगरले गोल गरे ।
यो जितसँगै मनाङले ४ खेलमा ८ अङ्क जोडेको छ । मनाङ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ४ खेलमा १ अङ्क भएको एनआरटी १३ औँ स्थानमा छ ।
यस सिजनको ए डिभिजन लिग डबल राउन्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा एक सय ८२ वटा खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
सम्बन्धित
प्रतिक्रिया