खेलाडीलाई राष्ट्रपतिको हौसला, भने, ‘तपाईहरुले देशको सान बढाउनुभयो’
नेपालखोज
२०७९ चैत ३ गते १६:५८

काठमाडाैं । आईसीसी विश्वकप लिग टूअन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार यूएईविरुद्धको खेलमा ९ रनले नेपाल विजयी भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीहरुलाई हौसला प्रदानका लागि शीतलनिवासमा बोलाएका छन् ।
उनले खेलाडीहरुलाई हौसलासँगै बधाई दिए । राष्ट्रपति पौडेलले खेलाडीहरुसँगको भेटमा खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने धारणा व्यक्त गरे ।
आईसीसी लिग टूमा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीले राष्ट्रको इज्जत र गौरवलाई बढाएको धारणा राखे। उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औंल्याए ।
राष्ट्रपति पौडेलले खेलाडीहरुको मनोबल बढाउन सरकार लाग्नुपर्ने र देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउन सरकारले लाग्नुपर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया