साफ यू-१७ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै नेपाल
नेपालखोज
२०७९ चैत ८ गते ११:०३

काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेल आज भुटानसँग खेल्दैछ ।
७ बजे सुरु हुने नेपाल र भुटानबिचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुनेछ। भारतसँग पहिलो खेलमा ४-१ ले पराजित भएको नेपालले उपाधि जित्ने सम्भाबना कायम राख्न आजको खेल जित्नैपर्छ ।
उता भुटान पनि पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ८-१ ले पराजित भएको थियो । युरोपियन राष्ट्र रुस समेत सहभागी भएको यस खेल निकै रोमान्चक देखिन्छ ।
घरेलु टोलि बंगलादेशसँग रुसले आज पहिलो खेल खेल्दैछ र यो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
नेपालले तेस्रो खेल आउने आइतबार रुससँग र चौथो खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया