प्रधानमन्त्री कप फुटबलमा नेपालले पहिलो खेल लाओससँग खेल्ने
नेपालखोज
२०७९ चैत ८ गते ११:०९

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल लाओससँग खेल्ने भएको छ । आज (बुधबार) नेपाल र लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ ।
नेपालले लाओससँग सन् २०१६ यता पहिलोपल्ट खेल्न लागेको हो । अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विन्डोको समय पारेर भुटान र लाओस टिमलाई आमन्त्रण गरी त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले लाओसलाई पेनाल्टी शुटआउटमा ३-० ले हराएको थियो । त्यसअघि नियमित समयमा खेल २-२ को बराबरी भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया