मंगलबार, वैशाख १८, २०८१

मधुमेहका रोगीले खानुपर्ने १० जडिबुटीहरू

डा. हेमराज कोइराला २०७९ चैत ९ गते ६:३६


१. चुत्रो: चुत्रोमा बार्बेरिन नामको कम्पाउन्ड पाइन्छ । बार्बेरिनले इन्फ्लामेसन कमगर्ने, कोलेस्ट्रोल कमगर्ने, पखाला रोक्ने, मुटुलाई बलियो बनाउने तथ्यहरू उजागर भएका छन् । यसका अलावा बार्बेरिनले रक्तग्लूकोजलाई मेटफरमिन बराबर नै घटाउने तथ्य पनि पत्ता लागेको छ ।

२. बेसार: बेसारमा कुर्कुमिन नामक तत्त्व पाइन्छ जुन एण्टि इन्फ्लामेटरी गुण भएको तत्त्व हो । बेसारको सेवनले शरीरमा मधुमेहको क्रममा हुने अनेकौँ प्रदाहात्मक क्रियाहरू कम गरिदिन्छ । यसै गरी कुर्कुमिनको सेवनले इन्सुलिन प्रतिरोधकता कम गरेको, इन्सुलिन संवेदनशीलता बढाएको, इन्सुलिन उत्पादन गर्ने कोषहरूको कार्य सुधारेको र पूर्व मधुमेही हरूलाई समेत ठिक गरेको तथ्य प्रकाशमा आएका छन्।

३. दालचिनी: हाम्रो भान्सामा मसलाको रूपमा प्रयोग गरिने दालचिनी वा सिन्कौलीको बोक्रा आफैमा एउटा सुपरफुड हो । दालचिनीमा प्रचुर मात्रामा एण्टि–अक्सिडेन्ट छ जसले अक्सिडेटिभ स्ट्रेस कम गरेर रक्तग्लूकोज कम गर्दछ । वैज्ञानिकहरू दालचिनीमा इन्सुलिनले जस्तै काम गर्ने तत्त्व भएको मान्दछन् । दालचिनीको सेवनले फास्टिङ्ग ब्लड ग्लुकोज, खाना पछिको ब्लड ग्लुकोज र एच.बी.ए.वान.सी. तीनैको रक्त स्तर कम गरेको तथ्य प्रकाशित भइसकेका छन् । यसै गरी दालचिनीको नियमित सेवनले मधुमेहका सामान्य समस्याहरू पनि कम भएको पाइएको छ । दिनको २ देखि ३ ग्राम दालचिनी नियमित सेवन गर्नाले मधुमेह नियन्त्रण गर्न ठुलो

४. तीते–करेला: तीते–करेलामा Cherintin, Vicine, Lectin र Polypeptide P जस्ता औषधीय तत्त्वहरू छन् । चेरिन्टिनले ले रक्त ग्लुकोज कम गर्दछ भने भिसिन, लेक्टिन र पोलिपेप्टाईड पी ले इन्सुलिनले जस्तै कार्य गर्दछ ।

५. मेथी: मेथी पनि मधुमेहको राम्रो औषधि हो । यसमा प्रशस्त घुलनशील रेसाहरू छन्।यी रेसाहरू आन्द्रामा पुगेर पानीमा घुलिदा बनेको लेदोले कार्बोहाईड्रेट्सको पाचन र अवशोषण दुबैलाई सुस्त बनाई दिन्छ । रेशाका अलावा मेथीमा प्रशस्त मात्रामा भिटामिन, मिनिरल र एण्टि–अक्सिडेन्ट पनि पाइन्छ । मधुमेह भएकाहरूले ५ ग्राम वा एक चिया चम्चा मेथीको धुलो मोहीमा हालेर खाए राम्रो । यसको अलावा मेथीलाई उमारेर पनि खान सकिन्छ ।

६. घ्यु–कुमारी घ्यु–कुमारीको रस पिएर रक्तग्लूकोज कम गर्ने चलन पुरानो हो । यसमा ७५ प्रकारका सक्रिय तत्त्वहरू पाइन्छ । यसको सेवनले फास्टिङ्ग ब्लड ग्लुकोज, खाना पछिको ब्लड ग्लुकोज र एच.बी.ए.वान.सी.को स्तरलाई घटाउँदछ । दैनिक १ चम्चा घ्यु–कुमारीको गुदी बिहान खादा मधुमेहमा राम्रो गर्दछ ।

७. विजय–साल: विजय–सालको पानी पिउँदा हाड जोर्नीहरूको दुखाई कम हुने, तौल घट्ने, रक्त शुद्घिकरण हुने आदि कथनहरू प्रचलनमा छन् तर विजय सालको बोक्राको पानी उमालेर पिउँदा मधुमेह पनि कम हुन्छ। विजय सालको बोक्राको काँढा दिनको २ चोटि खादा राम्रो गर्दछ ।

८. लसुन: लसुनमा शरीरलाई फाइदा पु¥याउने ४०० भन्दा धरै तत्त्वहरू छन् र ती मध्यका केही तत्त्वहरू जस्तै allici, allyl propyl disulfide and S-allyl cysteine sulfoxide ले इन्सुलिनलाई कलेजोमा निष्क्रिय हुन नदिएर रक्त इन्सुलिनको मात्रा बढाउँदछ । रक्त ग्लुकोजलाई कम गर्नुका अलावा लसुनले ईन्लामेसन कमगर्ने, कोलेस्ट्रोल कम गर्ने र रगत पातलो पार्ने काम गर्ने हुँदा यसले पनि मधुमेहको जटिलता घटाउँदछ । दैनिक १५ ग्राम लसुन खादा मधुमेहमा राम्रो गर्दछ ।

९. सिस्नु: सिस्नु पनि बहुउपयोगी जडीबुटी हो । सिस्नुको नियमित सेवनले फास्टिङ्ग ब्लड ग्लुकोज, खाना पछिको ब्लड ग्लुकोज र एच.बी.ए.वान.सी.को स्तरलाई राम्ररी घटाउँछ र यसरी सुगर नियन्त्रण हुनुमा सिस्नुमा विद्यमान इन्सुलिन जस्तै वानस्पतिक रसायनलाई मानिएको छ ।

१०. गुडमारः यो औषधि खाएर कुनै पनि गुलियो चिज खाँदा गुलियो चिजको स्वाद पट्टकै रहँदैन । यसैले यसको नाम गुड मार राखिएको हो । गुड मार खाए पछि गुलियो बस्तु प्रतिको तृष्णा मेटिन्छ, कारण यसमा विद्यमान Gymnemic acid ले स्वाद ग्रन्थिको गुलियो ग्रहक लाई रोक्दछ।गुडमारको सेवनले आन्द्रामा ग्लुकोजको पाचन र अवशोषणलाई पनि सुस्त बनाउँदछ भने इन्सुलिनको उत्पादनलाई पनि बढाउँदछ । गुडमारको पातको धुलो १ चिया चम्चा बिहान पानीसँग घोलेर खाएको राम्रो हो।

(लेखक, भरतपुर—१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय मेडिकल डाइरेक्टर हुन् ।)

डा. हेमराज कोइराला

डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

प्रतिक्रिया