मंगलबार, वैशाख ३०, २०८२

‘समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण’

नेपालखोज २०७९ चैत ९ गते ११:२४
फाइल तस्बिर

 काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालबाट हुने गलत सूचना रोक्न सरकारलाई आमसञ्चार माध्यमले सघाउनुपर्ने उल्लेख गरेकाच छन् ।

सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सामाजिक सञ्जालहरू भाष्य निर्माण गर्ने आधार बन्न नहुने र फेक न्युजको प्रवाह रोक्न र समुदायलाई त्यस्तो गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने बताएक हुन् ।

उनले भेका छन्, ‘विगतमा सामाजिक सञ्जालबाट हुने घृणा रोक्ने विधेयकविरुद्ध संशोधन लैजाने मै हुँ । जबकि सामाजिक सञ्जालबाट सबैभन्दा गाली खाने व्यक्ति पनि म हुँ । तर मैले अभिव्यक्ति स्वतन्त्रभन्दा ठूलो ममाथिको गाली होइन भनेर विरोध गरेको थिएँ । आज मेरो भूमिका फेरिएको छ, मेरै पार्टीको सरकारले भोलि त्यही विधेयक ल्याउन सक्छ तर सञ्चार क्षेत्र स्थायी प्रतिपक्ष हो ।’

प्रतिक्रिया