सोमबार, जेठ ६, २०८२

ललितपुरलाई एपीएफको १११ रनको लक्ष्य

नेपालखोज २०७९ चैत १४ गते ११:४०

काठमाडौं । काठमाडौंमा जारी ललितपुर मेयर महिला च्याम्पिएनसिप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ मा नेपाल एपीएफ क्लबले ललितपुर ११ लाई १११ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान एपीएफले टस जितेर पहिला ब्याटिङ गरेकोमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा ११० रन बनायो । जसमा राजमती ऐरीले अविजित ४१ , कप्तान सिता रानामगरले १९ विनु बुढाले १२ रनको योगदान गरिन् । यसअघिका ३ खेल जितेको एपीएफ यसअघि नै फाइनलमा पुगिसकेको छ । तीनवटै खेल हारेको ललितपुर प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

ललितपुरका लागि श्रृष्टि जैसीले २, सिमाना केसीले २ विकेट हात पारिन् । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको छ । चैत १६ गते सम्पन्न हुने प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश,नेपाल एपिएफ क्लब,मधेश प्रदेश र ललितपुर मेयर्स ११ को सहभागिता रहेको हो ।

प्रतिक्रिया