सोमबार, जेठ ६, २०८२

आज हुँदै छ आईपीएल-२०२३ को उद्घाटन

नेपालखोज २०७९ चैत १७ गते ८:००

काठमाडौं । २०१८ पछि अहिलेसम्म आईपीएलको उदघाटन समारोह आयोजना हुन सकेको छैन । कोरोना संक्रमणका कारण आईपीएलको उदघाटन कार्यक्रम स्थगित हुँदै आएको थियो । यद्यपि यसपटक उदघाटन समारोह नरेन्द्र मोदी स्टेडियममा हुनेछ । गुजरात र चेन्नई सुपर किंग्स बीचको खेल अघि उदघाटन समारोह हुनेछ र त्यसपछि खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे प्रारम्भ हुनेछ ।

मिडिया रिपोर्टहरु अनुसार उदघाटन समारोहमा बलिउड अभिनेत्री तमन्ना भाटिया र रश्मिका मन्डन्नाले प्रस्तुति दिनेछन् । यससँगै कट्रिना कैफ र टाइगर श्राफलगायत केही अन्य बलिउड कलाकारको नाम पनि अगाडि आएको छ । कार्यक्रममा गायक अरिजित सिंह समेत प्रस्तुत हुँदैछन् । २०१८ को आईपीएल उदघाटन समारोहमा ज्याकलिन फर्नान्डिज, ऋतिक रोशन, परिणिती चोपडा र वरुण धवन जस्ता फिल्म स्टारले प्रस्तुति दिएका थिए ।

आज मार्च ३१ मा पहिलो लिग खेल डिफेन्डिङ च्याम्पियन गुजरात जाइन्ट्स र चेन्नई सुपर किंग्सबीच हुनेछ । यो खेल भारतको सबैभन्दा ठूलो स्टेडियम अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । गुजरातको कमाण्ड हार्दिक पाण्ड्याको हातमा छ भने चेन्नई सुपर किंग्सको नेतृत्व महेन्द्र सिंह धोनीले गर्नेछन् ।

कहाँ हेर्ने लाईभ ?

आईपीएल उदघाटन समारोहको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कमा हुनेछ । उदघाटन समारोह चैत्र १७ गते शुक्रबार (मार्च ३१ ) साँझ नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ । सबै आईपीएल खेलहरू स्टार स्पोर्ट्समा मात्र प्रत्यक्ष हेर्न सकिन्छ । आईपीएल – २०२३ को लिगका सबै खेल नेपाली समय अनुसार साँझ ७.४५ बजे सुरु हुनेछन् । जबकि टस साँझ ७:१५ मा हुनेछ । यसैगरी जुन दिन डबल हेडर हुनेछ त्यस दिन पहिलो खेल दिउँसो ३.४५ बजे सुरु हुनेछ । यसका लागि टस दिउँसो ३:१५ मा हुनेछ ।

आईपीएल-२०२३ मा कुल ७४ खेल खेलिनेछन् ।

आईपीएल – २०२३ का १० टिम : चेन्नई सुपर किंग्स , रोयल च्यालेन्जर्स बेंगलोर , दिल्ली क्यापिटल्स (DC), सनराइजर्स हैदराबाद (SRH), मुम्बई इन्डियन्स (MI) , कोलकाता नाइट राइडर्स (KKR) , राजस्थान रोयल्स (RR) , पञ्जाब किंग्स (PBKS) , गुजरात टाइटन्स (GT) तथा लखनऊ सुपर जायन्ट्स (LSG)।

आईपीएलको यो सिजन होम अवे ढाँचामा खेलाइदैछ । कोभिड–१९ का कारण तीन सिजन देखि होम अवे बन्द भएको थियो । यही कारणले गर्दा आईपीएल २०२२ को सिजन ४ शहरमा मात्रै खेलिएको थियो जसमा नवोदित हार्दिक पाण्ड्याको टोली गुजरात टाइटन्स च्याम्पियन भएको थियो ।

कहाँ हुँदैछ खेल ?

आईपीएल – २०२३ को पहिलो खेल ३१ मार्च र अन्तिम लिग खेल २१ मेमा हुनेछ । यस अवधिमा १२ स्थानमा कुल ७० लिग खेलहरू खेलाइनेछन् । यसमा १८ वटा डबल हेडर समावेश हुनेछन् । यसपटक ७ + ७ को सूत्रमा खेल हुनेछ अर्थात् सबै टिमले आफ्नो घरेलु मैदानमा ७ खेल र विपक्षी टिमको मैदानमा ७ खेल खेल्नेछन । आईपीएलको १६ औं सिजनका सबै खेल भारतका १२ विभिन्न स्टेडियममा खेलाईनेछ जसमा अहमदाबाद , मोहाली , लखनऊ , हैदराबाद , बैंगलोर , चेन्नई , दिल्ली , कोलकाता , जयपुर , मुम्बई , गुवाहाटी तथा धर्मशालाका स्टेडियमहरू समावेश छन ।

समूह बिभाजन

यो प्रतियोगिताका सहभागिहरु १० वटा टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । जस अनुसार समूह ए मा मुम्बई इन्डियन्स , कोलकाता नाइट राइडर्स , राजस्थान रोयल्स , दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स छन् भने समूह बी मा चेन्नई सुपर किंग्स , सनराइजर्स हैदरावाद , रोयल च्यालेन्जर्स बैंगलोर , पञ्जाब किंग्स तथा गुजरात टाइटन्स छन् ।

टिम कप्तानहरु

रोहित शर्मा र महेन्द्र सिंह धोनी जस्ता दिग्गज खेलाडीहरू यसपटक आ-आफ्नो टिमको नेतृत्वमा देखा पर्नेछन् । योसँगै आईपीएल – २०२३ मा धेरै टिमका कप्तान परिवर्तन पनि भएका छन् । यसपटक आईपीएलको सबैभन्दा सफल टिम मुम्बई इन्डियन्सको कप्तानी रोहित शर्माले गर्दैछन् । महेन्द्र सिंह धोनी फेरि एकपटक चेन्नई सुपर किंग्सको नेतृत्वमा देखिनेछन् । हार्दिक पाण्ड्या गुजरात टाइटन्सको कप्तान हुनेछन् ।

यसअघि आइपिएल – २०२२ मा हार्दिक पाण्ड्याको कप्तानीमा गुजरात टाइटन्सले उपाधि जितेको थियो। आइपिएल – २०२२ गुजरात टाइटन्सको पहिलो सिजन थियो । यससँगै फाफ डु प्लेसिस रोयल च्यालेन्जर्स बैंगलोरको कप्तान हुनेछन् । फाफ डु प्लेसिस आईपीएल – २०२२ मा पनि रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान थिए। राजस्थान रोयल्सको कप्तानी विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले गर्नेछन् । लखनऊ सुपर जायन्ट्सको कमाण्ड केएल राहुलको हातमा हुनेछ ।

यसैगरि कोलकाता नाइट राइडर्सले आईपीएल – २०२३ का लागि नितिश राणालाई कप्तान नियुक्त गरेको छ । कोलकोताका श्रेयस अय्यर घाइते छन् जसका कारण उनले आईपीएल – २०२३ खेल्न पाउने छैनन् । त्यसैले कोलकाता नाइट राइडर्सले श्रेयस अय्यरको स्थानमा नितिश राणालाई कप्तान बनाएको छ ।

पञ्जाब किंग्सको कमाण्ड शिखर धवनको हातमा हुनेछ । जबकि सनराइजर्स हैदरावादले एडन मार्करामलाई टिमको कप्तान बनाएको छ । यसका लागि डेभिड वार्नर दिल्ली क्यापिटल्सको कप्तानको भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया