खराब नतिजा निकालेको भन्दै चेल्सीका मुख्य प्रशिक्षक पोर्टर बर्खास्त

काठमाडाैं । इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले लगातार खराब नतिजा निकालेको भन्दै मुख्य प्रशिक्षक ग्राहम पोर्टरलाई बर्खास्त गरेको छ ।
गत सेप्टेम्बर प्रिमियर लिगकै क्लब ब्राइटोनको प्रशिक्षण छोड्दै पोर्टर स्टामफोर्ड ब्रिज भित्रिएका थिए । चेल्सीले थोमस टुचेललाई बर्खास्त गर्दै पोर्टरलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको थियो ।
जनवरी सुरुवा बजारमा खेलाडी अनुबन्धमा महंगो रकम खर्चिएको चेल्सीले त्यस अनुरुपको नतिजा भने ल्याउन सकेको थिएन । चेल्सी २८ खेलमा ३८ अंकसहित ११ औं स्थानमा छ । जुन चौथो स्थानको युनाइटेडभन्दा १२ अंक कम हो । सातौं स्थानको ब्रेन्टफोर्डभन्दा चेल्सी पाँच अंकले पछि छ । जसका कारण चेल्सी आगामी सिजन युरोपियन प्रतियोगिताबाट बाहिर हुने सम्भावना बढेको छ ।
शनिबार मात्र चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा एस्टन भिल्लासँथग २-० ले पराजित भएको थियो ।
प्रतिक्रिया