आईपीएल २०२३- सबैभन्दा लामो छक्का कसको ?

काठमाडाैं । इन्डियन प्रिमियर लिग, जहाँ विश्वका उत्कृष्ट खेलाडीहरू आपसमा भिड्छन्। जहाँ विश्वस्तरको क्रिकेट हेर्न पाइन्छ । आइपीएलमा लामो छक्काको पनि ग्यारेन्टी छ । यो वर्ष पनि यस्तै देख्न पाइने छ तर त्यो भन्दा अगाडि हेरौं ती पाँच छक्का जुन सबैभन्दा टाठा पुगेका थिए ।
एल्बी मोर्केलले आईपीएलको इतिहासमा सबैभन्दा लामो छक्का प्रहार गरेका छन् । देब्रे हातका यी ब्याट्सम्यानले चेन्नई सुपर किंग्सबाट खेल्दा डेक्कन चार्जर्सविरुद्ध १ सय २५ मिटर पर पुग्नेगरी छक्का प्रहार गरेका थिए ।
प्रवीण कुमारले आईपीएलको इतिहासमा भारतिय खेलाडीका तर्फबाट सबैभन्दा टाठा छक्का प्रहार गरेका छन् । सन् २०११ मा प्रवीण कुमारले राजस्थान रोयल्सविरुद्ध १ सय २४ मिटर पर पुग्नेगरि छक्का प्रहार गरेका थिए।
आईपीएल इतिहासमा तेस्रो लामो छक्का एडम गिलक्रिस्टको ब्याटबाट आएको छ । बायाँ हाते विस्फोटक ब्याट्सम्यान गिलक्रिस्टले सन् २०११ मा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध १ सय २२ मिटर लामो छक्का प्रहार गरेका थिए ।
रोबिन उथप्पाले आईपीएलमा मुम्बई इन्डियन्सविरुद्ध चौथो लामो छक्का प्रहार गरेका छन् । सन् २०१० मा आरसीबीका लागि खेल्दै उथप्पाले बल १ सय २० मिटर पर पुग्ने गरि छक्का प्रहार गरेका थिए ।
आईपीएलमा सबैभन्दा बढी छक्का प्रहार गर्ने तथा सबैभन्दा धेरै शतक प्रहार गर्ने क्रिस गेल सबैभन्दा लामो छक्काका आधारमा पाँचौं स्थानमा छन् । २०१३ मा गेलले सहारा पुणे वारियर्स विरुद्ध १ सय १९ मिटर लामो छक्का प्रहार गरेका थिए ।
प्रतिक्रिया