लामिछानेविरुद्धकाे मुद्दामा अन्तिम सुनुवाइका लागि ताेकियाे पेसी
नेपालखोज
२०७९ चैत २० गते १७:४४

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा अन्तिम सुनुवाइका लागि मंगलबारका लागि ताेकिएकाे हाे ।
चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।
सम्बन्धित
प्रतिक्रिया