सोमबार, जेठ ६, २०८२

ए डिभिजन लिग : पुलिस २–० गोल अन्तरले पराजित

नेपालखोज २०७९ चैत २० गते १८:१४

काठमाडौं । सोमबारबारट सुरु भएको सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले एफसी खुमलटार युथ क्लबमाथि १–० को संघर्षपूर्ण जित निकाल्दा अर्को खेलमा एपिएफले नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा सकंटाले २७औं मिनेटमा निकालेको अग्रता नै तीन अंक बटुल्नका लागि पर्याप्त भएको हो । संकटाका लागि जुनियर ओन्गुनेले गरेको गोल नै निर्णायक भएको हो । 

यस जितसँगै ६ खेलमा १० अंक जोडेको  एपिएफ पाँचौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको पुलिस समान खेलबाट एक अंकका सथ पुछारमा छ ।

प्रतिक्रिया