सोमबार, जेठ ६, २०८२

दिल्ली डिफेन्डिङ्ग च्याम्पियन गुजरातद्वारा पराजित

नेपालखोज २०७९ चैत २२ गते ६:३४

काठमाडाैं । अरुण जेट्ली स्टेडियममा मंगलबार राति सम्पन्न इण्डियन प्रिमियर लिग (आईपीएल) को खेलमा गुजरातले घरेलु टिम दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ ।

गुजरातले टस जीतेर फिल्डिङ रोजेको खेलमा दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो । त्यसको जवाफ गुजरातले १८.१ ओभरमै पुरा गर्याे ।

गुजरातका लागि साई सूदर्शनले ४८ बलमा बलमा नटआउट ६२ रन बनाए भने डेभिड मिलरले १६ बलमा नटआउट ३१ रन तथा विजय शंकरले २३ बलमा २९ रन जोडे ।

दिल्लीका लागि बलिङ्गमा एन्रिक नोर्खेले २ तथा खलिल एहमद र मिचेल मार्शले समान एक एक विकेट हात पारे । यस अघि दिल्लीका कप्तान डेभिड वार्नरले ३७, अक्सर पटेलले ३६, सरफराज खानले ३० तथा अभिषेक पोरेलले २० रन जोडेका थिए ।

बलिङ्गमा गुजरातका लागि मोहमद शामी र राशिद खानले समान ३–३ विकेट तथा अल्जारी जोसेफले २ विकेट लिएका थिए । इण्डियन प्रिमियर लिग (आईपीएल) मा डिफेन्डिङ्ग च्याम्पियन गुजरात टाइटन्सको यो लगातार दोस्रो जितसँगै उसले ४ अंक जोडेको छ भने दिल्लीको यो लगातार दोस्रो हार हो ।

गुजरातले यसअघिको खेलमा महेन्द्र सिंह धोनिको चेन्नइ सुपर किङस लाई पराजीत गरेको थियो । गुजरात अहिले अंकतालिकाको शिर्ष स्थानमा छ । अंकविहिन दिल्ली अंकतालिकाको अन्तिम अर्थात आठौं स्थानमा छ ।

प्रतिक्रिया