नेल्टा कर्णालीद्वारा तीनदिने क्षेत्रीय इ–कन्फेरेन्स
नेपालखोज
२०७७ जेठ ११ गते १७:३०
सुर्खेत । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएसन ९नेल्टा० कर्णाली प्रदेशले अङ्ग्रेजी भाषा शिक्षणअन्तर्गत ‘ट्रान्सफर्मिङ इएसएल पेडागोजिज इन द कन्टेक्स्ट अफ नेपाल’ विषयक तीनदिने क्षेत्रीय इ–कन्फेरेन्स आज सम्पन्न गरेको छ ।
आफ्नो स्थापनाकालदेखि शिक्षकलाई अङ्ग्रेजी भाषा शिक्षणमा पेशागत क्षमता अभिवृद्धिको काम गर्दै आएको एशोसिएसनले बदलिँदो परिवेशसँगै परम्परागत शिक्षण सिकाइ क्रियाकलापमा रुपान्तरण गर्ने उद्देश्यका साथ क्षेत्रीय इ–कन्फेरेन्सको आयोजना गरेको थियो । यो महामारीको समयमा आफूलाई कसरी रुपान्तरित गर्ने र प्रविधिको अधिकतम प्रयोगबाट शिक्षण सिकाइ क्रियाकलाप गुणस्तर ल्याउन कस्ता विधि प्रक्रियाको अवलम्बन गर्ने भन्ने विषयमा बहस गर्न इ–कन्फेरेन्स गरिएको एशोसिएसन कर्णाली प्रदेशका अध्यक्ष विष्णुकुमार खड्काले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया