नियम विपरित कार्य नगर्न विद्यालयलाई महानगरको आग्रह

काठमाडाैं । काठमाडौं महानगरपालिले विद्यालयबाट नै पाठ्यपुस्तक, स्टेशनरी तथा पोशाक खरिद गर्न वाध्य नपार्न आग्रह गरेकाे छ । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ ( संशोधन सहित ) मा व्यवस्था भए अनुसार विद्यालयहरु आफैँले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने भन्दै खरिद गर्न वाध्य नपार्न महानगरपालिले आग्रह हाे ।
महानगरले आइतबार एक विज्ञिप्ती जारी गर्दै विद्यालयहरुलाइ सचेत गराएको छ । महानगरले जारी गरेकाे विज्ञिप्तीमा भिनएकाे छ, ‘विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीहरुलाई बाध्य नगराउने भन्ने व्यवस्था रहेको व्यहोरा सबैलाई अवगतै छ । यति हुँदाहुँदै पनि कतिपय विद्यालयहरुले विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेशनरी तथा पोशाक खरिद गर्न वाध्य पार्ने गरेको भन्ने गुनासो यस विभागमा बारम्बार आउने गरेको हुँदा सम्बन्धित सबै विद्यालयहरुले अनिवार्य रुपमा निर्देशिका बमोजिम गर्न गराउनु हुन अनुरोध गरिन्छ ।’
महानगरपालिले नियम उल्लघन भए गरेको पाइएमा कानुन बमोजिम आवश्यक कारवाही गर्नेसमेत चेतावनी दिएकाे छ ।

प्रतिक्रिया