शुक्रबार, वैशाख २६, २०८२

राष्ट्रपति पौडेल पुनः अस्वस्थ

नेपालखोज २०८० वैशाख ४ गते १५:०५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको छातीको तल्लो भागमा सङ्क्रमण देखिएको छ ।

फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका उनको छातीको तल्लो भागमा सङ्क्रमण देखिएको हो ।

पौडेलको अल्ट्रासाउण्डको सहायताले पानी निकाली परीक्षण गर्न लागिएको उनका पौडेलका निजी चिकित्सक डा. निरज बमले जानकारी दिए । पौडेलको बायाँ छातीको तल्लो भागमा थोरै पानी देखिएको छ ।

१८ चैतमा पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया