काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर
नेपालखोज
२०८० वैशाख ४ गते १८:४९

काठमाडाैं । काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिंहदरबारभित्रको फोहोर नउठाएकाे भन्दै महानगरपालिकाविरुद्ध रिट दायर भएकाे हाे ।
महानगरलाई फोहोर उठाउन आदेश दिन माग गर्दै सोमबार अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गरेका हुन् । रिटमा उनले फोहोरका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेकाले महानगरले तत्काल फोहोर उठाउनुपर्ने माग गरेका छन् ।
मेयर बालेन शाहको निर्देशनपछि चैत २५ गतेदेखि सिंहदरबारको फोहोर उठ्न सकेको छैन । लामाे समयसम्म फाेहाेर नउठ्दा सिंहदरबार परिसर दुर्गन्धित बनेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया