शुक्रबार, वैशाख २६, २०८२

पाँचवटा प्रदेशमा वर्षा, काठमाडौंमा तुवाँलोको र तराईमा हावा-हुरीकाे सम्भावना

नेपालखोज २०८० वैशाख ५ गते ६:०६

काठमाडाैं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागहरुको मौसम समान्यतया सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी  भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ भने, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती  र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै, तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको साथै उपत्यका लगायत देशका धेरै भू-भागहरुमा तुवाँलोको सम्भावना रहेको विभागले जनाएकाे छ । त्यसैगरी आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ ।

प्रतिक्रिया