बिहीबार, जेठ २, २०८२

छ करोड रुपैयाँ भन्दा बढिको जुत्तासहित तीन वटा ट्रक नियन्त्रणमा

नेपालखोज २०८० वैशाख ३१ गते १३:०८

काठमाडौं । मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका १५ स्थित पूर्व–पश्चिम लोक मार्गबाट वैशाख २९ गते विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

अमेरिकी डलर चार लाख ८८ हजार एक सय ७३ रुपैयाँ ६३ पैसा (छ करोड ४२ लाख २९ हजार चार रुपैयाँ ५० पैसा) मूल्य लेखिएको प्रज्ञापन पत्र सहित ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रकमा लोड भएको एडिडास सुपरस्टार जुत्ताको विल विक शङ्कास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको जुत्ता र तीन वटै ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।

प्रतिक्रिया