शुक्रबार, जेठ ३, २०८२

सीमामा खटिएका २०७ सशस्त्र प्रहरी कारबाहीमा

नेपालखोज २०८० जेठ १ गते ११:३४

विराटनगर । नेपाल-भारत सीमा सुरक्षाका लागि कोशी प्रदेशका विभिन्न जिल्लामा खटिएका २०७ जना सशस्त्र प्रहरीहरु कारबाहीमा परेका छन् । कारबाहीस्वरूप बाहिनी तानिएको स्रोतले बताएको हो ।

सीमा सुरक्षा बेस क्याम्प र बोर्डर आउट पोष्टमा कार्यरत विभिन्न ‌ओहदाका उनीहरूले सन्तोषजनक काम नगरेको, आचरणमा नबसेको भन्दै कारबाही गरिएको हो । उनीहरूमाथि सीमा वारपार अवैध कारोबारमा संलग्न रहेको आशंकासमेत छ ।

बाहिनीमा तानिएकामध्ये ५ जना विभागीय कारबाहीमा परेका छन् । ११ जनालाई कारबाहीको प्रक्रिया थालिएको छ । बाँकी सुधारको तालिममा राखिएको छ ।

प्रतिक्रिया