संसदमा टोपबहादुर पक्राउ परेको सूचना सुनाउने विषय कार्यसूचीमा परेन
नेपालखोज
२०८० जेठ १ गते १२:५६

काठमाडौं । प्रतिनिधिसभामा टोपबहादुर रायमाझी पक्राउ परेको सूचना सुनाउने विषय कार्यसूचीमा नपरेको बताइएको छ ।
प्रहरी प्रधान कार्यालयले संसद सचिवालयलाई रायमाझी पक्राउ परेको सूचना नदिएका कारण सोमबार प्रतिनिधिसभामा उनी पक्राउ परेको सूचना सुनाउने विषय कार्यसूचीमा नपरेको हो ।
सांसद टोपबहादुर रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन् ।
आइतबार नै उनी पक्राउ परेको भएपनि त्यस सम्बन्धी सूचना संसद सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया