सोमबार, असार २३, २०८२

फेसबुक ह्याक गरी ठगी गर्ने व्यक्ति पक्राउ

नेपालखोज २०८० जेठ ७ गते १८:३१

काठमाडौं । एक महिलाको फेसबुक ह्याक गरी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । 

ह्याक गरिएको फेसबुकबाट विभिन्न बहानामा रकम माग गरी ठगी गर्ने अर्घाखाँची सन्धिखर्कका ३३ वर्षीय कपिल गहतराजलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई शनिवार बुटवलबाट पक्राउ गरिएको हो । 

गहतराजलाई ४ दिनको म्याद थप गरी विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तरगतको कसुरमा अनुसन्धान सुरु गरिएको नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोले जनाएको छ ।

प्रतिक्रिया