भारतीय पर्यटकको नगद चोरी गर्ने व्यक्तिहरू पक्राउ
नेपालखोज
२०८० जेठ ७ गते १९:४०

काठमाडौं । भारतीय पर्यटकको साथबाट नगद चोरी गर्ने केही व्यक्तिहरू पक्राउमा परेका छन् ।
जेठ ३ गते राति काठमाडौंको कोटेश्वर स्थित डान्सबारबाट भारतीय पर्यटकलाई डर देखाइ साथमा रहेको नगद र मोबाइलबाट रकम ट्रान्सफर गर्ने कार्यमा संलग्न व्यक्तिलाई शुक्रवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई सिंहदरबार दक्षिण गेट अगाडिबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयले चोरीमा संलग्न सङ्ख्या सार्वजनिक गरेको छैन ।
पक्राउ परेकालाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया