शुक्रबार, जेठ ३, २०८२

धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु

नेपालखोज २०८० जेठ १६ गते १०:३८

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ ।

स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजन चेपाङको भिरबाट लडेर मृत्यु भएको हो ।

सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया