शुक्रबार, वैशाख २६, २०८२

थ्रीस्टार र संकटाले अंक बाँडेका

नेपालखोज २०८० जेठ १७ गते २१:०४

काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टार र संकटा क्लबले अंक बाँडेका छन् । ललितपुरस्थित च्यासल मैदानमा बुधबार भएको खेलमा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

यस बराबरीसँगै थ्री स्टार र संकटाले समान २३ खेलबाट समान २७ अंक बनाएका छन् । थ्री स्टार ११औं स्थानमा रहेको छ भने संकटा गोलअन्तरका आधारमा १२ औं स्थानमा छ । पहिलो चरणको भेटमा भने संकटामाथि थ्रीस्टारले १-० गोलको जित निकालेको थियो ।

प्रतिक्रिया