आइएमई लाइफले गर्यो मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीको ताप्लेजुङ शाखाले एक कार्यक्रमका बीच मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो । थोरै रकमबाट गराएको बीमाले ठूलो राहत भएको भन्दै मृतकको परिवारले कम्पनीलाई धन्यवाद दिएका छन् ।
ताप्लेजुङको फक्ताङलुङ गाउपालिका ५ का मृतक राज कुमार राईले कम्पनीमा वि.स २०७७ साल साउन ३२ गते ५ लाख बीमांक रकमको बीमा गराएका थिए । उक्त बीमा दाबी वापतको रकम कम्पनीले प्रदान गरेको हो ।
बीमितको मृत्यु पश्चात् कम्पनीले मृतकको निजि निवासमा गई उनकी श्रीमती सुनीता लिम्बू राईलाई ५ लाख ३० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
उक्त संयुक्त रुपमा कम्पनीका प्रदेश प्रमुख मिलन दाहाल र कम्पनीका ट्रेनिङ्ग हेड सुनिल आचार्यले मृतकको श्रीमतीलाई हस्तान्तरण गरेको हो ।
दाबी भुक्तानी रकम लिदै उक्त कार्यक्रममा मृतक राईको श्रीमतीले श्रीमान्ले गरेको थोरै रकमबाट पनि विपद्को बेलामा ठूलो राहत दिएको भन्दै कम्पनीलाई धन्यावाद दिए ।
प्रतिक्रिया