शान्ति समाजको आह्वान : चुरे मास्न पाइदैँन, पर्यावरण विरोधी नीति चाहिदैँन

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवसको अवसरमा विभिन्न जिल्लामा वृक्षरोपण लगायत कार्यक्रम गरि मनाएको छ ।
‘चुरे मास्न पाइदैँन : पर्यावरण विरोधी नीति चाहिदैँन, हिमालय-चुरे बचाउँ : तराइ लाई मरुभूमिकरण हुनबाट जोगाउँ’ भन्ने आह्वानसहित सोमबार समाजको पाल्पा, चितवन, तेह्रथुम र काठमाडौं शाखाले वृक्षरोपण गरेका छन् । यसैगरी समाजका दाङ, सुर्खेत लगायत शाखाले पनि वृक्ष गोडमेल तथा सरसफाई कार्यक्रम गरि दिवस मनाएका छन् ।
दिवसकै अवसरमा पछिल्लो चरणमा चुरे सिध्याउने गरि ढुंगा गिटी र बालुवा निकासीका लागि नेपाल सरकारले अवलम्वन गर्न थालेको घातक नीतिप्रति समाजले गम्भिर चिन्ता व्यक्त गरेको छ ।
चुरेको अत्याधिक दोहन गरेर ढुंगा, गिट्टी, बालुवा निकाल्नु भनेको तराईलाई मरुभुमिकरणतर्फ धकेल्नु हो भन्ने धारणा शान्ति समाजले बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ ।
यसैगरी, बाह्य दबाबमा परेर चुरे ध्वस्त पारी ढुंगा गिटी निकासीको योजना पर्यावरणीय सन्तुलनका हिसाबले झनै आपत्तिजनक भएको हुँदा त्यस्तो आत्मघाती नीति खारेज गर्न शान्ति समाजले सरकारलाई आग्रह समेत गरेको कार्यवहाक सभापति कृष्णबहादुर रावलले जानकारी दिए ।
प्रतिक्रिया